उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा

उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा

मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी डा.राजु थापालाई दिइएको छ । शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए । 

उनका अनुसार उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता पाइसकेको छ । आधिकारिता पाएसँगै बसेको केन्द्रीय समिति बैठकले कानुन व्यवसायी समेत रहेका थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

पार्टीले मान्यता पाएकाले चाँडै पार्टीको औपचारिक रूपमा बृहत् घोषणासभाको तयारी भइरहेको समेत लामाले जानकारी दिए । उनका अनुसार पार्टीले अहिले विभिन्न नीति र पार्टीका घोषणापत्र लेख्ने लगायतका काम भइरहेको छ ।