इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
इक्वेडरका ‘मोस्ट वान्टेड’ अपराधी तथा ‘लस छोनेरोस’ आपराधिक गिरोहका नेता होसे एडोल्फो मासियास बुधबार पक्राउ परेका छन् । ‘फिटो’ नामले चर्चित मासियास पक्राउ परेको राष्ट्रपति डानिएल नोबोआले पुष्टि गरेका हुन्।
उनी फरार भएपछि इक्वेडरमा हिंसाको लहर फैलिएको थियो, जसका कारण राष्ट्रपति नोबोआले देशमा आन्तरिक सशस्त्र द्वन्द्वको घोषणा गरे। उनले ‘लस छोनेरोस’ सहित देशभर सक्रिय २१ आपराधिक गिरोहहरूलाई आतङ्ककारी समूहको रूपमा सूचीकृत गरेका थिए।



थर्ड पोल 