आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग अघि बढाउनुपर्छ : सांसद किरणकुमार साह

आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग अघि बढाउनुपर्छ : सांसद किरणकुमार साह

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले माग गरेका छन्, ।  आजप्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन् ।

यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जाने पनि उनको भनाइ थियो ।जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको सांसद साहको भनाइ छ ।त्यस्तै, राजनीतिक भागबण्डामा न्यायधीशको नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।

त्यस्तै रास्वापका सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जसपाका नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् ।