आफताब आलम लगायतलाई सफाइ दिने न्यायाधीश विरुद्ध थप उजुरी

आफताब आलम लगायतलाई सफाइ दिने न्यायाधीश विरुद्ध थप उजुरी

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।