आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा विषेश छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ ।
साथै, वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।



थर्ड पोल 