अमेरिकाले लगायो राष्ट्रसंघकी विज्ञ फ्रान्सेस्का अल्बानेसमाथि प्रतिबन्ध
ट्रम्प प्रशासनले संयुक्त राष्ट्र मानवअधिकार परिषद्की विशेष प्रतिनिधि फ्रान्सेस्का अल्बानेसमाथि प्रतिबन्ध लगाएको छ । उनी इजरायलको गाजामा सैन्य आक्रमणको आलोचक हुन् ।
विदेशमन्त्री मार्को रुबियोले अल्बानेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई समर्थन गरेकाले यो कदम चालेको बताएका छन् । फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले पहिले नै प्रतिबन्ध लगाएको छ ।
रुबियोले अल्बानेसमाथि अमेरिकी वा इजरायली नागरिकहरूमाथि मुद्दा चलाउने आईसीसीको प्रयासमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै उनलाई संयुक्त राष्ट्रसंघको विशेष प्रतिनिधिको रूपमा सेवा गर्न अयोग्य भएको बताएका छन् ।
यो प्रतिबन्धले अल्बानेकभलिाई अमेरिका भ्रमण गर्नबाट रोक्ने सम्भावना छ । अमेरिकामा रहेको उनको सम्पत्ति रोक्का हुनेछ ।
फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले यो कदम गत वर्ष उक्त अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र तत्कालीन रक्षामन्त्री योआव गालान्टमाथि गाजामा कथित युद्ध अपराधहरूको लागि पक्राउ पुर्जी जारी गरेपछि लिएको थियो ।



थर्ड पोल 