अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ।

वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ। त्यसका लागि अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत राख्न अनुमति दिएको रोयटर्सले जनाएको छ।

यस फैसलाले रिपब्लिकन राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा प्रमुख हतियारका रूपमा भन्सार दरको प्रयोगलाई कमजोर बनाएको छ। जसकारण यस वर्ष ट्रम्पको समग्र आर्थिक नीतिमाथि एक कानुनी टकरावको स्थिति सिर्जना भएको छ।

ट्रम्पले अप्रिलमा लगाएको पारस्परिक (रेसिप्रोकल) भन्सार र फेब्रुअरीमा चीन, क्यानडा र मेक्सिकोविरुद्ध लगाइएको छुट्टै करहरूको वैधानिकतामाथि अदालतले प्रश्न उठाएको छ।