अब कहिले बस्छ कांग्रेस केन्द्रीय समिति बैठक?

अब कहिले बस्छ कांग्रेस केन्द्रीय समिति बैठक?

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरू भएकोमा बीचमा स्थगित हुँदै बस्दै आएको छ।

आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। अब दुई दिनपछि केन्द्रीय समिति बैठक बस्नेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर कात्तिक २३ गतेका लागि बोलाइएको बैठक कात्तिक २५ गते बिहान ११:३० बजे बस्ने गरी स्थगित गरिएको उल्लेख गरेका छन्।

केन्द्रीय समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बस्दै आएको छ।

शनिबार कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक राखेको थियो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफ्ताव आलमको निधनप्रति दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको थियो। 

कांग्रेसले आलमको निधनमा आज देशैभरका पार्टी कार्यालयहरू बन्दसमेत गरेको छ। 

असोझ २८ गते केन्द्रीय समितिमा उपस्थित भएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन्।