अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक
अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो ।
त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।
दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले पाकिस्तानका साथ व्यापारिक सम्बन्ध तोड्ने बताइरहेको थियो ।
अफगानिस्तानले आफ्नो देशका व्यापारीहरूलाई पाकिस्तानभन्दा पनि अन्य मुलुकसँगको व्यापारिक बाटो खोज्न निर्देशन दिएको छ ।



थर्ड पोल 