इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने


काठमाडौं ।  इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।

नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ ।    नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने दूतावासले जनाएको छ ।’

इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू: ९८९०१०१४४५५७,९८९१२८१०९११५ र ९८९१२८१०९१९ प्रयोग गर्न सकिनेछ । 

इरान र इजरायलबिच तनाव सुरु भएपछि इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।