मिसनका साथ म माथि गालीगलौज गर्नेहरू योगको सरणमा आए मान्छे बन्नेछन् : प्रधानमन्त्री ओली

मिसनका साथ म माथि गालीगलौज गर्नेहरू योगको सरणमा आए मान्छे बन्नेछन् : प्रधानमन्त्री ओली


काठमाडौं । मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैप्रति वैरभाव नराखेको बताए । 

आफूमाथि केही तत्त्वहरू मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताउँदै उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको बताए । गालीको मिसन चलाउनेहरू योगको सरणमा आएको खण्डमा मान्छे बन्ने उनले बताए । 

 ‘म कसैप्रति वैरभाव केही राख्दिनँ । मलाई गाली गरिरहेका हुन्छन् । मिसन छ गाली गर्ने । म बुझ्छु त्यो कुरा ।’ प्रधानमन्त्री ओलीले भने । उनले योग मनलाई स्थिर गर्ने कुरा रहेको बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे ।