हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । 

यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् । 

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ । एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छभने गाउँमा पनि उस्तै छ ।

भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् ।