सिटिजन्स क्यापिटलको खुलामुखी लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन

सिटिजन्स क्यापिटलको खुलामुखी लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको खुलामुखी सामूहिक लगानी योजना “सिटिजन्स सदाबहार योजना” को इकाई खरिद गर्न आज (असार २७) अन्तिम दिन रहेको छ। कम्पनीले असार १३ गतेदेखि सो योजनाको इकाईहरु सर्वसाधारणका लागि खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट असार २ गते अनुमति प्राप्त सिटिजन्स सदाबहार योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने पहिलो खुलामुखी लगानी योजना हो। यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ।

५० करोड रुपैयाँ आकारको यस योजनाबाट कुल ५ करोड इकाई निष्कासन गरिँदैछ। जसमध्ये ७५ लाख इकाई प्रवर्द्धक सिटिजन्स बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई प्रथम चरणमा सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। प्रति इकाई दर १० रुपैयाँ तोकिएको छ।