शेख हसिनाका छोराले भने- मेरी आमालाई मृत्यु दण्डको फैसला हुन सक्छ

शेख हसिनाका छोराले भने- मेरी आमालाई मृत्यु दण्डको फैसला हुन सक्छ

वंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन्।

हसिना विरूद्धको मानवता विरूद्धको अपराध कसुरमा ढाका अदालतले नोभेम्बर १३ बुधबार फैसला सुनाउँदैछ।

हसिनाका छोरा वाजेद अमेरिका बस्छन्।

आइतबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै वाजेदले फैसला के हुन्छ भन्ने कुरा अगाडि नै आकलन गर्न सकिने बताएका हुन्।

'के फैसला हुँदैछ भन्ने हामीलाई थाहा छ। उनीहरूले मेरी आमालाई दोषी ठहराउनेछन् र सायद मृत्यु दण्डको सजाय सुनाउनेछन्,' उनले भने।

तर आफ्नी आमा भारतमा सुरक्षित रहेको उनले बताएका छन्।

सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भागेदेखि हसिना भारतको नयाँ दिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन्।

'उनीहरूले मेरी आमालाई के गर्न सक्छन् र? मेरी आमा भारतमा सुरक्षित हुनुहुन्छ। भारतले उहाँलाई राष्ट्राध्यक्षलाई जस्तै पूर्ण सुरक्षा दिइरहेको छ,' वाजेदले रोयटर्ससँग भनेका छन्।