विधेयक निर्माणमा सक्रिय सरकार, १२१ वटा मस्यौदा तयार हुँदै
अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ ।
‘१२१ वटा विधेयकको मस्यौदा बनाउने भनेर त्यसको जानकारी संसदलाई यसअघि नै दिइएको छ’, मन्त्री सिन्हाले आइतबार राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा भने ।



थर्ड पोल 