लुम्बिनी र बागमतीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

लुम्बिनी र बागमतीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कोशी प्रदेशको तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/ दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।