रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका ७२ मध्ये ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।

असोज ३ र ४ गते सम्पन्न अधिवेशनबाट ६९ वटै वडामा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। बाँकी तीन वडामा भने निर्धारित समयमा अधिवेशन हुन सकेन।

रोल्पाका ६९ वडाबाट वडा सभापतिसहित २४ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध चयन भएको १५औँ महाधिवेशनका रोल्पा जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए।

गौतमका अनुसार रोल्पामा करिब ९७ प्रतिशत वडा अधिवेशन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। ‘रोल्पामा हामीले करिब ९७ प्रतिशत वडा अधिवेशन सम्पन्न गरेका छौँ। तीन प्रतिशत अर्थात् तीन वडामा मात्र अधिवेशन हुन सकेन’, उनले भने।