राप्रपामा रमिता : आन्दोलन हुँदा राजीनामा, अहिले मन्त्री
प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कन्चन बिच्छा मधेश प्रदेशमा मन्त्री बनेकी छन्।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिच्छालाई सोमबार मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री यादवले बिच्छासँगै एमालेका लखन दास र संघीय समाजवादीका बिमला अन्सारीलाई पनि मन्त्री नियुक्त गरेका छन्
यसअघि जेनजी आन्दोलनपछि राप्रपाका संघ र प्रदेशका ४२ सांसदले राजीनामा घोषणा गरेका थिए। राप्रपाले भदौ २४ गते विज्ञप्ति जारी गर्दै देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको उल्लेख गरेको थियो। राजीनामाको घोषणा गरे पनि राप्रपाका प्रदेश सांसदहरूले मासिक पारिश्रमिक भने बुझ्दै आएका थिए।



थर्ड पोल 