राजावादी गतिविधिविरुद्ध देशभर प्रदर्शन गर्दै एकीकृत समाजवादी 

राजावादी गतिविधिविरुद्ध देशभर प्रदर्शन गर्दै एकीकृत समाजवादी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले राजावादीले गरेका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ । चैत १६ गते बसेको पार्टी स्थायी कमिटी बैठकले २५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

साथै, राजावादी प्रदर्शनका नाममा भएकी हत्या, हिंसा ,हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही गर्न पार्टीले माग गरेको छ ।