महाधिवेशनबारे तरूण दल अध्यक्ष गुरूङले गरे गण्डकीका ११ जिल्ला अध्यक्षसँग छलफल

महाधिवेशनबारे तरूण दल अध्यक्ष गुरूङले गरे गण्डकीका ११ जिल्ला अध्यक्षसँग छलफल

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका तरूण दल अध्यक्षहरूसँग छलफल गरेका छन्।

तरूण दलको पाँचौं महाधिवेशनबारे उनीहरूबीच कुराकानी भएको हो। 

अध्यक्ष गुरूङ र जिल्ला अध्यक्षहरूबीच पोखरामा महाधिवेशन तयारीलगायत विषयमा छलफल भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए।

अधिवेशन प्रक्रिया द्रुत गतिमा सुचारू गर्न जिल्ला अध्यक्षहरूलाई अध्यक्ष गुरूङले आग्रह गरेका छन्।

मंसिर २६ गते तरूण दलको पाँचौ महाधिवेशन गर्ने तय भएको छ।

त्यसैले वडा, गाउँ/पालिका, प्रदेश क्षेत्रको अधिवेशन तयारीमा जुट्न गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षलाई आग्रह गरिएको हो।