मधेश सरकार गठन विवाद : न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ
रक्कीप्रसाद साह र सुजित यादव समेतले गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको र त्यसलाई खारेजु गर्नुपर्ने माग दावी गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई रिटमा विपक्षी बनाइएको छ। संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ



थर्ड पोल 