माओवादी केन्द्रसँग एकतामा नजाने एकीकृत समाजवादीका यी ११ नेता

माओवादी केन्द्रसँग एकतामा नजाने एकीकृत समाजवादीका यी ११ नेता

नेकपा (एकीकृत समाजवादी) का ११ नेता माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने भएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी छ। आज बस्ने केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्नेछ।

यो एकता प्रक्रियामा सम्मानित नेता झलनाथ खनालसहित ११ नेता सामेल हुने छैनन्।

एकता प्रक्रियामा तीन पदाधिकारी सामेल नहुने एक नेताले जानकारी दिए। सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भूसालले एकतामा नजाने बताइसकेका छन्।

स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमार झाँक्री पनि माओवादी केन्द्रसँग एकतामा जाने छैनन्।

पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अच्युत घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले बताए।