भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण तय

भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण  तय

राष्ट्रिय स्वतन्त्र  पार्टीले लुम्बिनी प्रदेशमा दुई दिने  प्रशिक्षण कार्यक्रम  तय गरेको छ । रास्वपा लुम्बिनी प्रदेश  प्रशिक्षण प्रतिष्ठानले  रुपन्देहीको भैरहवामा साउन ३० र  ३१ गते गर्ने  प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । 

पार्टीका कार्यवाहक  सभापति  डिपी  आचार्य,  उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री  सुमना श्रेष्ठ लगायतले  पार्टीको  सबलीकरण, रुपन्देही क्षेत्र नम्बर तीनको उपनिर्वाचन, सदस्य वृद्धि लगायत  विषयमा प्रशिक्षण दिने  रास्वपा लुम्बिनी प्रदेश उप सभापति सालिकराम घिमिरे जानकारी दिए। 

उक्त प्रशिक्षणमा पार्टी प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको  सहभागिता रहने छ । प्रशिक्षण  तयारी अन्तिम  चरण पुगेको घिमिरेले बताए