बसपार्कमै बसको ठक्कर, तिहार मनाउन घर फर्किँदै युवकको मृत्यु
बुटवलमा लुम्बिनी बस टर्मिनलबाट निस्कने क्रममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बसले बिहान करिब ७ बजे बसपार्कको गेटमै ठक्कर दिँदा कपिलवस्तु विजय नगर गाउँपालिका–७ का ३५ वर्षीय दिनेश यादवको घटनास्थलमै गम्भीर चोट लागी मृत्यु भएको हो। पेन्टिङ व्यवसाय गर्दै आएका यादव तिहारको बिदा मनाउन घर फर्कँदै थिए। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए। बस र चालक पश्चिम नवलपरासी बर्दघाट–९ का ४० वर्षीय भीम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।



थर्ड पोल 