बयान दिन जान तयार भए रमेश लेखक
तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जान तयार भएका छन् ।
जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकलाई बयानका लागि गौरीबहादुर कार्की नेतृत्वको समितिले जाँचबुझका लागि बोलाएको थियो ।
जेनजी प्रदर्शनको झण्डै ४ महिनापछि लेखक बयान दिन जान तयार भएका हुन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै आफू बयान दिन जाने बताए ।
‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ । र मैले आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने ।
त्यस्तै पत्रकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि केही छलफल ? भन्दै प्रश्न गरेका थिए । तर लेखकले सो विषयमा प्रवेश गर्न चाहेनन् । उनले संक्षिप्तमा भने, ‘मैले जाने निर्णय गरेको छु । आयोगमा जान्छु ।’



थर्ड पोल 