पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।

बिहीबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल हुनेछ।

माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग-जनजागरण अभियान पुन: सञ्चालन गर्ने तयारी गरेको छ।

भदौ २२ गते लमजुङबाट सुरू हुने यो अभियान २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा पुग्नेछ।

साथै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीच आरोप-प्रत्यारोप चलिरहेको छ।

अध्यक्ष प्रचण्डले हालै विराटनगरबाट जनार्दन शर्माले नपत्याएर पार्टी नरोकिने अभिव्यक्ति दिएका थिए।

यी विभिन्न विषयमा माओवादी पदाधिकारी बैठकमा कुरा हुने एक पदाधिकारीले बताए।