प्रभु बैंक र मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

काठमाडौं ।  पोखरा, प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागिएक कार्यक्रमकावीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (Owner)र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंककाग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।