दुर्गा प्रसाईंको प्रदर्शन रोक्न खोजेको प्रशासनले एमालेलाई के गर्ला ?
५ मंसिरका लागि नेकपा एमालेले काठमाडौंमा गर्न लागेको प्रदर्शनको जोखिम विश्लेषण गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।
७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्थानीय प्रशासनले ५ मंसिरमा एमालेले गर्ने भनेको प्रदर्शनलाई के गर्ला भन्ने चासो छ ।
यसअघि २५ असजमा नेकपा एमालेको युवा संघले काठमाडौंमा गर्न खोजेको मोटरसाइकल र्याली र सभालाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो ।
एमालेले अहिले फेरि ‘नेसनल भोलेन्टियर फोर्स’को राष्ट्रिय भेला सुरू गर्नुअघि ५ मंसिरमा बिहान ११ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्ने घोषणा गरेको छ ।



थर्ड पोल 