दाङको घोराही लमही सडक खण्डमा आजदेखि तीन दिन चार पाङ्ग्रे गाडी नचल्ने

दाङको घोराही लमही सडक खण्डमा आजदेखि तीन दिन चार पाङ्ग्रे गाडी नचल्ने

 दाङको घोराही–लमही सडकमा आजदेखि २४ गते बिहानसम्म ठूला गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार मसोट खोला पुल मर्मतका लागि घोराही–लमही सडक खण्डमा आज बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म ठूला गाडी सञ्चालनमा रोक लगाएको हो ।

पुल मर्मतको समयमा दुई पाङ्ग्रे गाडी भने चल्न सक्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर बिष्टले दुई पाङ्ग्रेबाहेक अरु गाडीले वैकल्पिक सडक अर्जुनखोला–अमेलिया–तुलसीपुर सडकखण्ड प्रयोग गर्न सक्छन् ।

मसोट खोला पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकोले मर्मतका लागि काम भइरहेको छ ।