दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार राति ९ बजे दोलाखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बा.प्र ०२-०३४ प ३२४२ र  बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई च्छो-रोल्पा अस्पताल चरिकोट पठाइएको थियो। अस्पताल पुर्‍याउँदै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका-५ माटीका २४ वर्षीय सिरिष बस्नेत र बैतेश्वर गाउँपालिका- ३ मिर्गेका २६ को सुजन भन्ने श्याम बहादुर  खत्री छन्।

बस्नेत दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष हुन्। चैतमा भएको स्ववियू निर्वाचनमा उनी एमालेनिकट अनेरास्ववियुबाट अध्यक्ष निर्वाचित भएका थिए।