चितवनमा घरायसी विवादका कारण एक महिलाको ज्यान गयो

चितवनमा घरायसी विवादका कारण एक महिलाको ज्यान गयो

चितवनमा घरायसी विवादका कारण एक जना महिलाको ज्यान गएको छ । विवादपछि भीरबाट हाम फाल्दा राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको ज्यान गएको हो ।

श्रीमान‍्सँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो । भीरबाट हाम फालेका उहाँका श्रीमान् लीलाबहादुर घाइते भएको प्रहरीले जनाएको छ ।