कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको सहअध्यक्ष निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मतजंग कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको सहअध्यक्षमा निर्वाचित भएका छन् । अमेरिकाको नेसभिल सहरमा सम्पन्न सङ्घको परिषद् बैठकबाट उनी सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ३९ देशका सदस्य दलका प्रतिनिधिहरूले भाग लिएका थिए । सङ्घको अध्यक्षमा अष्ट्रियाकी इभा डोहोलेभा निर्वाचित भएकी छिन् ।
महासचिवमा ग्रीसका ओरेस्टिस, कोषाध्यक्षमा अस्ट्रेलियाका प्रतिनिधि र सह–महासचिवमा अमेरिकाका प्रतिनिधि चयन भएका छन् । विश्वभरका उदारवादी–लोकतान्त्रिक पार्टीहरूको अन्तर्राष्ट्रिय सञ्जालका रूपमा अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घ गठन भएको थियो । उक्त संस्थामा नेपालबाट राप्रपाले मात्र प्रतिनिधित्व गर्छ । कार्की यसअघि सोही सङ्घको उपाध्यक्ष थिए ।



थर्ड पोल 