कोइराला परिवारमा द्वन्द्वः शेखरविरुद्ध किन खनिए शशांक
नेपाली कांग्रेसमा कोइराला परिवारभित्र भएको बेमेलको विषय नौलो होइन । यतिबेला नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिका सर्वोच्च कमान्डर मात्रिकाप्रसाद कोइरालाले भाई विश्वेश्वरप्रसाद कोइरालासँग विवाद भएपछि पार्टी नै छोडेको घटनालाई सम्झाउने गरि कांग्रेसमा अर्को सन्दर्भ उठेको छ ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रका नेता डा. शेखर कोइरालालाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेसंगै सो घटना सम्झिने गरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा पार्टीको तर्फबाट गृहमन्त्री रहेका रमेश लेखकलाई भिजिट भिसा सेटिङ गरेको आरोप लागेपछि डा. शेखरले निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । शेखरको त्यही अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोध्नुपर्ने शशांकले बताएका छन् ।
गत सोमबार जेठ १२ गते पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालालाई स्पष्टीकरण सोध्नुपर्ने बताएपछि कोइराला बन्धुहरुबीचको कचिङ्गल फेरि एकपटक सतहमा आएको हो । विश्वेश्वरप्रसाद कोइरालाका छोरा हुन् डा. शशांक भने विश्वेश्वरप्रसादकै सहोदर भाई केशवप्रसाद कोइरालाका छोरा डा.शेखर कोइराला हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा पार्टीको तर्फबाट गृहमन्त्री रहेका रमेश लेखकलाई भिजिट भिसा सेटिङ गरेको आरोप लागेपछि डा. शेखरले निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । शेखरको त्यही अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा शशांकले राखेका हुन् ।



थर्ड पोल 