आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरूरी रहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्री ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरूरी रहेको बताए।

उनले मागहरू अव्यावहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताए। 

कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जाने कुरा गैरसंवैधानिक नभएको पनि बताए।

बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरू अड्किएका भए निर्माण गर्ने कुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताए।