देउवा र मोदीले सुभारम्भ गरेको रेल जनकपुर आइपुग्यो, स्थानीयले गरे भव्य स्वागत

देउवा र मोदीले सुभारम्भ गरेको रेल जनकपुर आइपुग्यो, स्थानीयले गरे भव्य स्वागत

जनकपुर–जयनगर रेल सेवा उद्घाटनपश्चात् रेल जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपाल–भारतको सीमा जयनगरबाट रेल जनकपुरधाम आइपुगेको हो ।

शनिबार जनकपुरधाम स्टेसनमा रेल आइपुग्दा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थीलगायत उपस्थितले भव्य स्वागत गरे । त्यसक्रममा ठूलो भिड लागेको थियो ।

आज मध्याह्न साढे १२्र बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हरियो झन्डा देखाउँदै संयुक्त रूपमा रेल सेवा उद्घाटन गरेका थिए ।