शहिद स्मारक ए डिभिजन लिगः आज एउटा मात्रै खेल हुँदै
काठमाडौं, २८ बैशाख । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदै छ । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
थर्ड पोल 