सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्छ : सांसद देवकोटा
काठमाडौं, २४ साउन । सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न उपयुक्त हुने राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले छानबिन समिति गठनको माग जायज भएपनि सदन नै अवरुद्ध गराउनु पर्ने अवस्था नभएको दाबी गरेका छन् ।
‘सरकारले पनि छानबिन गरिरहेको छ ठिक छ । तर संसदीय समितिले छानबिन गरेर पनि त्यो दिने सरकारलाई नै हो । त्यसैले यो सत्ता पक्ष यो कुराबाट भाग्नु पर्छ जस्तो मलाई लाग्दैन् । यो विषय जायज छ छानविन समिति बनाउँनु पर्छ । ’
उनले भने ‘पटक पटक संसस अवरोध गरेका छन् । प्रतिनिधि सभामा भागबन्डा मिल्दैन अनि त्यसको सिकार राष्ट्रिय सभा भएको छ । प्रतिनिधि सभामा विवाद हुन्छ अनि त्यसको खाँमो चिथर्ने काम हुन्छ । यो नहोस् । ’
उनले वार्षीक क्यालेन्डर बनाउन उनको माग छ । ‘मलाई कति समय दिनुभएको त्यो समय पनि डिस्प्ले हुनुपर्छ यहाँ र सेकेन्डका आधारमा घट्दै आएर सुन्यमा झरोस् अनि बस्छु । समय सक्यो भन्नुनि पर्दैन । काखा पाखा नि हुन्दैन् । राष्ट्रिय सभामा सांसदको वार्षीक क्यालेन्डर बनाउँपनि अनुरोध गर्छु । ’
थर्ड पोल 