उम्मेदवार टुंगो लगाउन देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। सत्ता गठबन्धनबीच बुधबार महानगर र उपमहानगरमा भएको भागबण्डा र चुनावी तालमेल कार्यान्वयनका विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बोलाइएको जानकारी दिए।
उनले बैठकमा समसामयिक राजनीति र आसन्न स्थानीय तह निर्वाचनका बारेमा छलफल हुने जानकारी दिए।
