भारतका लागि नेपाली राजदूत शर्माले लिए पद तथा गोपनीयताको शपथ

भारतका लागि नेपाली राजदूत शर्माले लिए पद तथा गोपनीयताको शपथ

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए । 

सरकारको सिफारिसमा चैत ६ गते राष्ट्रपति भण्डारीले डा‍. शर्मालाई  भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।