पुनरुत्थानवादीको धाराले फेरि देशलाई अन्धकारमा फर्काउन चाहेको छ: नेता खनाल 

1.

नेकपा एसका नेता झलनाथ खनालले पुनरुत्थानवादीको धाराले फेरि देशलाई अन्धकारमा फर्काउन चाहेको बताएका छन्।  बुधबार पार्टी निकट अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

नेपालको ३५ औं प्रधानमन्त्रि समेत बनिसकेका खनाल अहिले दक्षिणपन्थी अवसरवादीहरु सक्रिय भइरहेको समेत बताए। उनले भने, "भन्नचाहिँ आफूलाई क्रान्तिकारी भन्छ। तर, यथार्यमा दक्षिणपन्थी अवसरवादी हुन्। त्यसले जबज भन्छ। त्यो भनेको पनि पूजीवादी जनवाद नै हो। त्यसका विरुद्ध हामीले वैचारिक संघर्ष गर्नुपर्छ ।"

यस्तै  उनले देशमा विदेशी सेनाको बुट बज्रिरहेको समेत बताए।  उनले भने, 'प्रभूत्ववादीहरुले हाम्रो देशको भूभागहरु कब्जा गरिरहेका छन् । आज पनि हाम्रो देशमा विदेशी सेनाको बुट बज्रिरहेका छन् । त्यसका विरुद्ध आवाज उठाउनुपर्छ । संघर्ष गर्नुपर्छ ।'


यस्तैगरि अहिले देशमा पुँजीवाद आएको जिकिर गर्दै समाजवाद हुँदै जनवाद सम्म पुग्नु पर्ने तर्क गरे। उनले भने, 'पुँजीवादी धाराले जुन ढंगले ६२/६२ मा जनक्रान्ति स्थापना गरेका हौँ।  अब यहाँबात अझै अगाडी बढ्नु छ , हामीले समाजवाद जनवादमा पुग्नुपर्ने छ। "