राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको छ : सांसद खान

राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको छ : सांसद खान

काठमाडौ, १० साउन । मुलुकमा राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको जनमत पार्टीका सांसद अव्दुल खानले बताएका छन् । बुधबार संसद बैठकमा बोल्दै सांसद खानले हरेक क्षेत्रमा हस्तक्षेप हुँदा देशले गति लिन नसकेको बताए । 

सांसद खानले भने ‘ एउटा शव ल्याउन नसक्ने सरकारले रेमिट्यान्सबाट देश चलाई रहेको छ। हाम्रो देशमा इन्जिनियरहरु कुटिन्छन् । कतै नार्क र नास्टबाट काम गर्ने विद्ववानलाई  अपमान गरेर ४० नम्बरमा पर्ने लाई नबर १ को प्रमुख बनाउने गरिन्छ, राजनीतिक शक्तिको आडमा यस्तो चरम दुरुपयोग भईरकेको छ । ’ 

सांसद खानले देशले गति लिन नसके र यसमा सरकार गम्भीर हुनु पर्ने बताएका छन् । ईञ्जिनियर दिवसको अवसरमा मधेश प्रदेशका इञ्जिनिरहरुले ज्ञापन बुझाउन जाँदा प्रहरी प्रशासनद्धारा कुटपिट हुनु राज्यको नै उपहास भएको पनि सांसद खानको भनाई छ ।