५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको घटनास्थलमै मृत्यु, छोरा घाइते

५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको घटनास्थलमै मृत्यु, छोरा घाइते

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

गएराति करिब साढे १० बजेतिर आमा-छोरा पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनका छोरा मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भएका उनीहरु कमेरेटारमा डेरा गरी बस्दथे । १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको बुझिन आएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।