महिलामाथि एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ
बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ । शुक्रबार राति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो।
माइतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ ।
