प्रधानमन्त्रीको भारत भ्रमणबारे हर्क साम्पाङले भने – लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्

प्रधानमन्त्रीको भारत भ्रमणबारे हर्क साम्पाङले भने – लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको खबर बाहिर आएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समाजिक सञ्जाल फेसबुक मार्फत महाकालीमा सिमा अतिक्रमण बन्द गराउन पहल गर्न आग्रह गरेका छन् । त्यस्तै उनले लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउन सुझाव दिएका छन् । 

  हर्क साम्पाङले  लेखेका छन् सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्य, तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ, भ्रमण उपलब्धिमूलक रहोस्,  महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्, यति भए पुग्छ अहिलेलाई ।

त्यसैगरी प्रधानमन्त्री  शाहको भारत भ्रमणबारे नेपाल र भारतबीच सैद्धान्तिक सहमति भए पनि मिति अझै तय भएको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले एस जयशंकर सँगको भेटमा उच्चस्तरीय भ्रमणबारे सकारात्मक छलफल भएको जानकारी दिएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरेका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ बताएका थिए । 

भ्रमणअघि भारतीय विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण हुने सम्भावना छ। त्यसपछि मात्रै आवश्यक तयारी पूरा गरी प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने बताइएको छ।