नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित


काठमाडौं, ६ असोज ।  नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।