पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार दोस्रो जित

पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार दोस्रो जित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा मात्र तीन विकेट गुमाएर भेटायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । यस्तै कुशल भुर्तेलले ५०, रोहित पौडेलले ४४, आशिफ शेखले दुई बनाउँदा दीपेन्द्रसिंह ऐरीले शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरेले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एकरएक विकेट लिए ।