थ्री स्टार हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला 

थ्री स्टार हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला 

थ्री स्टार हाइड्रोपावर लिमिटेडले आज देखि आइपिओ खुल्ला गरेको छ।  

सोहि लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दै प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ खुल्ला गरेको हो।  

उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता साधराण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । 

जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गर्न लागेको जनाइएको छ । 

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले र स्थानीयले छिटोमा २५ वैशाखसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ९ जेठसम्म थप हुनेछ ।