१६ अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल राष्ट्र बैंक

१६ अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल राष्ट्र बैंक


काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १६ अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ करोड ५० रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यी ट्रेजरी बिल क्रमशः मंसिर फागुन १६ गते, २०८० जेठ १६ गते र २०८० मंसिर १२ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन्।