खुर्पाले हानेर काभ्रेमा एक वृद्ध आमाको हत्या
1.
काभ्रेमा खुर्पा प्रहार गर्दा एक वृद्धा आमाको मृत्यु भएको छ।
काभ्रेको पनौती नगरपालिका–११ बल्थलीमा सोहि स्थानका ५२ वर्षीय बिश्वबन्धु थापाले ९१ वर्षीया आमा कान्छी थापाको खुर्पा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।
उनको अनुसार थापाले धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको हो। मानसिक रोगको औषधी समेत खाइरहेका थापाले आमालाई आफूले मात्रै स्याहार गर्नु परेको बताए।
यस्तै मानसिक रुपमा स्वस्थ नरहेको उनले कुनै कारणबस आवेगमा आमामाथि खुर्पा प्रहार गरेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ।
अहिले उक्त घटनाको विषयमा प्रहरीले थापा अनुसन्धान गरिरहेको छ।
थर्ड पोल 