ढिस्कोले पुरिएर इलाममा चार जनाको ज्यान गयो

 ढिस्कोले पुरिएर इलाममा चार जनाको ज्यान गयो


काठमाडौं, २३ बैशाख । इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ः४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । 

मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ ।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले बताए । जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए ।